म्यान सिटीले मेस्सी साइन गर्न सक्ने

बार्सिलोनामा मेस्सी र अबिदाल बीचको विवादाको क्रममा प्रिमियर लिगका दिग्गज म्यानचेस्टर सिटीले मेस्सीलाई साइन गर्ने प्रयास गर्न सक्ने खबर छ।

बार्सिलोनाका सुपर स्टारको समस्याहरूको बीच म्यानचेस्टर सिटीले नि: शुल्क लियोनेल मेस्सीलाई साइन गर्ने कदम चाल्न सक्ने खबर आएको छ।

३२ वर्षका स्टारको क्लबका टेक्निकल सेक्रेटरी एरिक अबिदालसँग सार्वजनिक असहमति पछि क्लबमा मेस्सीको भविष्यका बारे प्रश्नहरू आएको छ।

सिटी र पूर्व बर्सा कोच पेप गार्डियोला यो स्थितिको फाइदा उठाउँदै, उनलाई साइन गर्न तयार रहेको छ।

गार्डियोला र मेस्सी बीच निकै राम्रो सम्बन्ध रहेको छ र गार्डियोला मेस्सीको निकै ठुलो प्रशंसक हुन् र दुईजान फेरी संगै काम गर्नेमा पक्कै पनि खुसी हुने छन्।