म्यान सिटीलाई पछि पार्दै स्टार मिडफिल्डर साइन गर्ने चेल्सीको योजना

एस्टन भिल्लाका कप्तान ज्याक ग्रेलीशलाई साइन गर्ने दौडमा चेल्सी पनि सामेल हुने खबर रहेको छ। प्रिमियर लिगमा ग्रेलीशको प्रदर्शन निकै राम्रो रहेको छ भने हाल उनी इङ्गल्यान्ड सँग युरो खेल्दै छन्।

भिल्लाले गत सेप्टेम्बरमा ग्रेलीशलाई आकर्षक नयाँ करारका साथ उनी सँग सम्झौता विस्तार गरे र क्लबका कप्तानसँग अझै सम्झौतामा चार वर्ष बाँकी रहेको छ। प्रिमियर लिगमा ज्याक ग्रेलीशको निकै उत्कृष्ट प्रदर्शन रहेको थियो र उनको मद्दतमा भिल्लाले २०२०/२१को सिजनमा ठुलो क्लबहरू विरुद्ध सकारात्मक परिणाम हासिल गर्न गरेको थियो।

उनको खेलको कारण धेरै ठुलो क्लबहरूको नजर उनी माथि परेको छ। म्यानचेस्टर सिटी उनलाई साइन गर्न धेरै इच्छुक रहेको र उनको लागि ट्रान्सफर रेकर्ड तोड्न इच्छुक रहेको चर्चा हुँदै गर्दा चेल्सी पनि उनलाई साइन गर्ने दौडमा रहेको जानकारी छ।

एस्टन भिल्लाले आफ्नो कप्तान ज्याक ग्रेलीशलाई बेच्न ठुलो रकमको माग गर्ने जानकारी छ। खबर अनुसार उनको मूल्य £१०० मिलियन भन्दा बढी हुन सक्ने छ र म्यानचेस्टर सिटी सो रकम तिरेर उनलाई क्लबमा भित्राउन इच्छुक रहेको खबर आउँदै गर्दा चेल्सीले सिटी सँग उक्त स्टार मिडफिल्डरको लागि प्रतिस्पर्धा गर्ने चर्चा छ।