आइतबार लिभरपूलबिरुद्ध सिटीको उत्कृष्ट जितमा फिल फोडेनको निकै उत्कृष्ट प्रदर्शन रहेको थियो भने ८३ मिनेटमा उनले निकै आकर्षक गोल पनि गरे।
म्यानचेस्टर सिटीमा उनको खेल निकै राम्रो हुँदै आएको थियो तर लिभरपूलबिरुद्धको खेल पछि उनको नाम झन् चर्चित हुँदै गएको छ।

२० वर्षका युवा स्टारको हाल सबै ठाउँमा प्रशंसा हुँदै भने उनी सिटीको एक स्टार बन्ने क्रममा छन्। उनी ९ वर्षको हुँदा देखि सिटीको एकेडेमीमा थिए भने हाल उनले आफ्नो प्रतिभा र क्षमता देखाउन सुरु गरेका छन्।
How it started How it’s going pic.twitter.com/QUfHqjxuAP
— Phil Foden (@PhilFoden) February 7, 2021
उनको प्रदर्शन पछि फुटबल पंडितहरुले पनि उनको प्रशंसा गरेका छन् भने उनी भविष्य £२०० मिलियन मूल्यको खेलाडी हुने धेरै चर्चा हुँदै छ।
“म आफूलाई म्यानचेस्टर सिटीको लागि मात्र खेलेको देख्न सक्छु, मैले सानो नै यो क्लबलाई समर्थन गरेको छु,” फोडेनले फुटबल फोकसलाई सिटीमा आफ्नो क्यारियर बारे भने।