म्यान सिटीका स्टारमा युभेन्टसको नजर

सिरी ए क्लब युभेन्टस म्यानचेस्टर सिटीका गेब्रियल जीसस साइन गर्न इच्छुक रहेको खबर छ। खबर अनुसार आफ्नो सुपरस्टार क्रिस्टियानो रोनाल्डोले क्लब छोडे युभेन्टसले म्यान सिटीका गेब्रियल जीससलाई साइन गर्ने योजना बनाएको छ।

हाल सुपरस्टार रोनाल्डोले युभेन्टस छोड्ने धेरै चर्चाहरू हुँदै गर्दा सो अवस्था आए युभेन्टसले आफूलाई तयारी अवस्थामा राख्ने योजना बनाएको जानकारी छ।

रोनाल्डोले क्लब छोडे उनको प्रतिस्थापनको रुपमा गेब्रियल जीससलाई साइन गर्ने योजना बनाएको खबर छ।

म्यानचेस्टर सिटी पनि गेब्रियल जीससलाई बेच्न तयार हुने खबर रहेको छ। हाल म्यान सिटीको नजर स्पर्सका ह्यारी केनमा रहेको बेला उनलाई साइन गर्न जीससलाई बेच्न सिटी इच्छुक हुने खबर छ।

पिएसजीका स्टार स्ट्राइकर माउरो इकार्डीमा पनि युभेको नजर रहेको खबर छ भने मोराटा सँग युभेले लोन सम्झौता विस्तार गर्ने जानकारी छ।