म्यान युनाइटेड सँग आफ्नो खेलाडी साट्न बार्सा इच्छुक 

म्यानचेस्टर युनाइटेड र बार्सिलोना बिच हाल खेलाडी साट्ने सम्झौताको वार्ता हुँदै गरेको खबर छ। खबर अनुसार ला लिगा क्लब बार्सिलोना आफ्नो स्टार फोवार्ड डेम्बेले दिएर म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्शल भित्राउन इच्छुक रहेको छ।

एन्थोनी मार्शल युनाइटेड छोड्न इच्छुक रहेका छन् भने यो वर्ष उनी नयाँ क्लबमा जाने मानसिकतामा थिए। हाल युनाइटेडमा उनले धेरै खेल समय पाएका छैनन् भने सो कुराबाट उनी खुसी छैनन्।

उनलाई लोनमा साइन गर्न सेभिल्ला पनि इच्छुक रहेको थियो तर उनको आधा तलब मात्र तिर्न सेभिल्ला तयार भए पछि वार्ता सफल भएको थिएन र हाल खबर अनुसार बार्सा उनलाई साइन गर्न इच्छुक रहेको छ।

खबर अनुसार बार्सा आफ्नो स्टार खेलाडी डेम्बेले दिएर मार्शललाई ६ महिनाको लोनमा साइन गर्न इच्छुक रहेको छ। डेम्बेले र बार्सा बिचको सम्झौता अन्त्य हुन धेरै नजिक रहेको छ र दुई बिचको सम्झौता विस्तार वार्ता पनि असफल हुँदै गर्दा उनलाई बेच्नु पर्ने दबाबमा बार्सा रहेको छ।