म्यानचेस्टर युनाइटेड यु२१ र म्यानचेस्टर सिटी यु२१ बिचको खेलमा सिटीका कार्लोस बोर्जेसले ह्याट्रिक गरे पछि म्यानचेस्टर युनाइटेडकै लेजेन्द क्रिस्टियानो रोनाल्डोको सेलेब्रेसन गरेपछि हाल सो फोटो निकै भाइरल हुँदै गरेको छ।
Man City academy player Carlos Borges celebrated his hat trick against Manchester United U21s with the Ronaldo 😅 pic.twitter.com/Rjo9QWGewD
— B/R Football (@brfootball) November 5, 2022
प्रिमियर लिग यु२१ लिगमा म्यानचेस्टर युनाइटेडले आफ्नो चिर प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीको सामना गरेको थियो र युनाइटेडले ४ मिनेटमै गोल गर्दै अग्रता लिए पछि सिटीले ६ गोल गर्दै खेल ६-१ले जितेको थियो भने उक्त खेलमा सिटीका युवा स्टार कार्लोस बोर्जेसले ४ गोल गरेका थिए ।
खेलको ८०औँ मिनेटमा कार्लोस बोर्जेसले आफ्नो ह्याट्रिक पुरा गरे पछि आफ्नो हात छातीमा राखेर रोनाल्डोको नयाँ सेलेब्रेसन गरे भने हाल उनको सो फोटो निकै भाइरल हुँदै गएको छ।
Carlos Borges, Man City academy player scored a four goals against Man Utd U-21s and hit the Ronaldo 😴 celebration. 😳 pic.twitter.com/itC06I9QbM
— CBS Sports Golazo ⚽️ (@CBSSportsGolazo) November 5, 2022
रोनाल्डोले उक्त सेलेब्रेसन पहिलो पटक एभर्टन विरुद्धको २-१ जितमा आफूले गोल गरे पछि गरेका थिए भने हाल सो सेलेब्रेसन धेरै भाइरल हुँदै गरेको छ र अन्य फुटबल खेलाडी देखि अर्कै खेलको स्टारहरूले पनि रोनाल्डोको उक्त सेलेब्रेसन गर्न सुरु गरेका छन् ।
रोनाल्डोको उक्त सेलेब्रेसन भने टोलीसँग यात्रा गर्दा रोनाल्डोको सुत्ने शैली रहेको जुन वारे रोनाल्डो र उनको टिम-मेट बिच मजाक हुने गरेको जानकारी छ