म्यानचेस्टर युनाइटेडले एटलेटिको म्याड्रिडका मिडफिल्डर साइन गर्न प्रयास गर्ने खबर छ।
खबर अनुसार युनाइटेडले एटलेटिकोका मिडफिल्डर शाउल निगुएजलाई साइन गर्न प्रयास गर्ने छ र शाउललाई भित्राउन युनाइटेड उनलाई £१५०,००० प्रति हप्ताको तलब दिन तयार रहेको कुरा छ।
Manchester United are willing to offer £70m-rated Spain midfielder Saul Niguez, 25, a long-term deal worth £150,000-a-week to sign from Atletico Madrid
(ESPN)
— Transfer Daily (@TransferDaily04) August 15, 2020
युनाइटेडले पछिल्लो गर्मीमा पनि उनलाई साइन गर्न प्रयास गरेको थियो जुन सफल भएन र हाल युनाइटेड फेरी उनलाई साइन गर्ने प्रयासमा लागेको खबर छ। २५ बर्सका मिडफिल्डरले एटलेटिको छोड्ने संकेत दिएका छन् र युनाइटेडले उनलाई साइन गर्न सकेसम्म प्रयास गर्ने छन्।
🚨 | Manchester United are set to go back in Atletico Madrid midfielder Saul Niguez this summer & are ready to offer £150,000 per week.They feel they can get him for around £70m. #Atletico #MUFC
– Daily Mail pic.twitter.com/ggxt2QGQYn
— Football Transfers (@Transferzone10) August 15, 2020
हाल युनाइटेडले सान्चोलाई साइन गर्ने प्रयास गर्दै आएको छ तर दुई बीच सम्झौता हुन सकेको छैन जसको कारण उक्त स्थानान्तरण असफल हुने जस्तो देखेको छ र सान्चोलाई साइन गर्न नपाए युनाइटेडले आफ्नो सबै ध्यान एटलेटिको म्याड्रिडका मिडफिल्डरमा राख्ने कुरा छ।