म्यान युनाइटेडलाई पछि पार्दै युवा स्टार साइन गर्ने चेल्सीको योजना

फ्रेन्च क्लब रेन्सका युवा स्टार खेलाडी एड्वार्डो कामाविङालाई साइन गर्न प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड नजिक रहेको खबर हुँदै चेल्सीको नजर पनि उनीमा रहेको खबर छ।

रिपोर्टका अनुसार १८ वर्षका मिड्फिल्डर कामाविङा भित्र्याउन म्यानचेस्टर युनाइटेडका साथसाथै रियल म्याड्रिड र पि.एस.जि पनि इच्छुक छन् तर हाल खबर अनुसार चेल्सी पनि सो दौडमा सामेल हुन तयार रहेको छ।

उनी थप एक वर्षका लागि मात्र रेन्समा अनुबन्ध छन् र अर्को वर्ष फ्री एजेन्टका रुपमा अर्का क्लब जान सक्ने हुँदा रेन्स उनलाई बेच्न बाध्य हुने छ भने युनाइटेड उनलाई साइन गर्ने दौडमा अगाडि रहेको खबर थियो तर हाल चेल्सी उनलाई साइन गर्न म्यान युनाइटेडलाई पछि पर्न तयार रहेको जानकारी छ।

१८ वर्षका फ्रेन्च मिड्फिल्डर कामाविङाले आफ्नो राष्ट्रिय टोलिका लागि ३ खेल खेल्नुका साथै एक गोल पनि गरि सकेका छन्। उनलाई युरोपकै युवा प्रतिभासाली खेलाडीहरु मध्ये एकको रुपमा लिइएको छ।