म्यान युनाइटेडलाई पछि पार्दै रियलले स्टार मिडफिल्डर साइन गर्ने

ला लिगा क्लब रियल म्याड्रिडले एसी मिलानका मिडफिल्डर फ्रान्क केसीलाई साइन गर्न आफ्नो प्रयासलाई तीव्रता दिने जानकारी छ।

आइभरी कोस्टका स्टार खेलाडीको मिलानसँगको सम्झौताको अन्त्य हुन लागेको छ, र रियल म्याड्रिड उनलाई नि:शुल्क फ्री एजेन्ट को रुपमा साइन गर्न इच्छुक रहेको खबर छ। अर्को वर्षको गर्मीको ट्रान्सफर विन्डोमा फ्रान्क केसी फ्री एजेन्ट हुने छन् र उनलाई साइन गर्न प्रिमियर लिग क्लब म्यान युनाइटेड पनि इच्छुक रहेको छ भने युनाइटेडलाई पछि पार्दै उनलाई साइन गर्ने रियलले योजना बनाएको जानकारी छ।

केसीले स्यान सिरोमा आफ्नो क्यारियरको दौडान आफ्नो गुणस्तर देखाएका छन् र उनलाई क्लबमा राख्न मिलानले प्रयास गरे पनि वार्ता सफल हुन सकेको छैन। खबर अनुसार फ्रान्क केसी मिलान सामु प्रति वर्ष €९ मिलियनको तलब माग गर्दै आएका छन्।

२४ वर्षका मिडफिल्डरलाई रियलले कासीमिरोको सम्भावित दीर्घकालीन विकल्प रुपमा लिने खबर छ। पिएसजी, म्यान युनाइटेड र बार्सा सँग पनि उनको नाम जोडिएको बेला उनलाई साइन गर्ने प्रयासलाई रियलले तीव्रता दिने रिपोर्ट रहेको छ।