“म्यान युनाइटेडमा हामीले जे हासिल गरिरहेका छौं त्यसबाट म खुसी छैन”

फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युनाइटेडको अवस्थाबाट आफू खुसी नरहेको स्वीकारेका छन्। २०२१को गर्मीको ट्रान्सफर विन्डोमा रोनाल्डो युनाइटेडमा फर्केका हुन् भने हाल युनाइटेड प्रिमियर लिग सातौँ स्थानमा रहेको छ भने नयाँ वर्ष ’bout इन्स्ताग्राममा पोस्ट गर्दै रोनाल्डोले युनाइटेडको अवस्थाबाट आफू खुसी नरहेको दाबी गरेका छन्।

उनले इन्स्टाग्राममा लेखे”२०२१ सकिन लागेको छ र सबै प्रतियोगिताहरूमा मेरो ४७ गोलको बाबजुद यो सजिलो वर्ष हुनबाट टाढा थियो।”

“दुई फरक क्लब र पाँच फरक प्रशिक्षक। मेरो राष्ट्रिय टोलीसँग खेलेको एउटा युरो फाइनल स्टेज र एउटा विश्वकप छनोट २०२२ को लागि बाँकी छ।

“युभेन्टसमा, म इटालियन कप र इटालियन सुपर कप जित्न पाउँदा र सिरी ए को शीर्ष स्कोरर बन्न पाउँदा गर्व गर्छु।

“पोर्चुगलका लागि यो वर्ष युरो टप स्कोरर बन्नु पनि उच्च बिन्दु थियो। र निस्सन्देह, ओल्ड ट्राफोर्डमा मेरो फिर्ता सधैँ मेरो करियरको सबैभन्दा प्रतिष्ठित क्षणहरू मध्ये एक हुनेछ।

“तर म्यान युनाइटेडमा हामीले जे हासिल गरिरहेका छौँ त्यसमा म खुसी छैन। हामी मध्ये कोही पनि खुसी छैनौँ, म पक्का छु।

“हामीलाई थाहा छ कि हामीले कडा परिश्रम गर्नुपर्छ, राम्रो खेल्नुपर्छ र हामीले अहिले जस्तो प्रदर्शन गर्दै छौं भन्दा बढी राम्रो प्रदर्शन गर्नुपर्छ।”

“यस नयाँ वर्षको पूर्व सन्ध्यालाई सिजनको टर्निङ प्वाइन्ट बनाऔँ! उच्च मनोबल र बलियो मानसिकताका साथ २०२२ लाई अङ्गालौँ।

“हामीसँग सामेल हुनुहोस्, हामी तपाईँ सबैमा भरोसा गर्दैछौं! नयाँ वर्षको शुभकामना र छिट्टै भेटौँला!”