म्यान्चेस्टर युनाइटेडका फ्रेन्च खेलाडी भित्र्याउने दौडमा पीएसजी र लियोन

म्यान्चेस्टर युनाइटेडका फ्रेन्च स्ट्राइकर एन्टोनी मार्सियालमाथी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन र लियोनले नजर राखेको छ ।

युनाइटेडमा मार्सियालले धेरै खेल्ने समय नपाएपछि उनी क्लब छाड्ने सोचमा रहेको हो ।

केही दिन अघि मात्रै मार्सियालका एजेन्टले उनी जनवरीमा नयाँ क्लबको खोजीमा हुने बताएका थिए ।

लियोनले मार्सियाललाई लोनमा भित्र्याउन इच्छुक रहेको र पीएसजीले उनलाई एम्बाप्पेको ठाउँमा भित्र्याउन खोजेको बुझिएको छ ।

२६ वर्षिय मार्सियाल यस सिजन युनाइटेडका लागि लिगमा २ खेलमा मात्र सुरुवाती ११ मा पर्न सफल भएको छ ।

बार्सिलोना र युभेन्ट्स पनि उनलाई भित्र्याउन इच्छुक रहेको छ ।