म्यान अफ दि म्याच बिमलको गोलमा टिसी स्पोर्टस क्लबको जित

विमल घर्ति मगर रहेको टिसी स्पोर्टस क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा टीसीले निलान्धो स्पोर्ट्स क्लबलाई २-० गोल अन्तरले पराजित गर्यो ।

टीसीको जितमा विमल घर्ती मगर र इशान इब्राहिमले एक एक गोल गरे । टिसीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको १२ औं मिनेटमा विमलले गोल गर्दै टिसीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४० औं मिनेटमा इशानले गोल गर्दै टिसीलाई २-० को जित दिलाए ।

खेलमा विमल म्यान अफ दि म्याच समेत चुनिए ।