म्यान्चेस्टर सिटी र चेल्सी बिचको खेलमा कमिन्टेटरले नै सिटीको मजाक उडाएपछि

इङलिस प्रेमिएर लिगमा सनिबार भएको शीर्ष दुई क्लब म्यान्चेस्टर सिटी र चेल्सी बिचको खेलमा कमेन्टेटरले सिटीमाथी व्यंग्य हानेको छ ।

सिटीको घरेलु मैदान इटिह्याड स्टेडियममा भएको सो खेलमा चेल्सीमाथी १-० को जित निकाल्दै म्यान सिटीले जित हात पारे तर खेलको ३४ औं मिनेटमा कमेन्टेटरले गरेको गल्तीले सबैको ध्यान केन्द्रित गरे ।

म्यान्चेस्टर सिटीको घरेलु मैदान इटिह्याड स्टेडियमलाई विपक्षी टोलिका समर्थकहरुले मजाक गर्दै ‘इम्प्टीह्याड’ भन्ने गर्छन् कारण सिटीको स्टेडियममा अधिकांश सिट खाली रहने गर्थ्यो ।

कमेन्टेटर जिम बेग्लिनले ३४ औं मिनेटमा झुक्केर इटिह्याडलाई इप्टिह्याड भने पछि सिटीका समर्थकहरु रिसाएका थिए जुन स्वोभाविक नै हो ।

सुन्नुहोस:

पछि उनी अफैले गल्तीले भएको स्विकारेका थिए ।