म्यान्चेस्टर सिटी बाहिरिएपछि लिग कपले ५ वर्षमा नयाँ च्याम्पियन पाउने

इङलिस इएफएल कप अन्तर्गत बुधबार राती भएको म्यान्चेस्टर सिटी र वेस्ट ह्याम युनाइटेड बिचको खेलमा सिटी पेनाल्टी सुटआउटमा पराजित भएको हो ।

म्यान्चेस्टर सिटीले ४ पटक लगातार यस कप जितिरहेको थियो र पाचौं प्रयासमा सिटी असफल भयो ।

अब यस कप प्रतियोगिताले यस सिजन नयाँ बिजयी टोलि पाउने छ ।

जितसंगै यस सिजन निकै राम्रो प्रदर्शन गर्दै आइरहेको वेस्ट ह्याम युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।