म्यान्चेस्टर सिटी इपिएल एसिया ट्रोफीको फाइनलमा

म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई हराउँदै इपिएल एसिया ट्रोफीको फाइनलमा पुगेको छ ।

खेलमा वेस्ट ह्यामले अग्रता लिए पनि म्यान्चेस्टर सिटीले कमब्याक गर्दै सान्दार जित हात पारेको हो ।

खेलको २६ औं मिनेटमा वेस्ट ह्यामका नोबलले पेनाल्टी मार्फत गोल गर्दै अग्रता लिएका थिए । ३३ औं मिनेटमा म्यान सिटीका देभिड सिल्भाले गोल गर्दै खेल १-१ मा ल्यायो । ३ मिनेट पछि मेचाले पेनाल्टी मार्फत गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।

दोस्रो हाफको ५८ र ७० मिनेटमा सिटीका रहिम स्टर्लिङले दुइ गोल गर्दै म्यान्चेस्टर सिटीले ४-१ को जित दर्ता गर्यो ।

बिजेता सिटीले सनिवार वुल्फसंग फाइनल खेल खेल्ने छ ।