म्यान्चेस्टर सिटीले गरे गोलको वर्षा, ब्राइटनसँग हार्यो म्यान्चेस्टर युनाइटेड

म्यानचेष्टर सिटीले आफ्नो शानदार जितको लयलाई निरन्तरता दिने क्रममा प्रिमियर लिगतर्फ आइतबार हडर्सफिल्ड टाउनमाथि शानदार जित हात पारेको छ । सिटीको घरेलु मैदान ऐतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले हडर्सफिल्डमाथि ६–१ को फराकिलो जित हात पारेको हो ।

सिटीको जितमा अर्जेन्टिनी फरवार्ड सर्जियो एग्वेरोले ह्याट्रिक गरे । एग्वेरोले खेलको २५, ३५ र ७६ औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । सिटीका लागि थप दुई गोल ३१ औं मिनटमा ग्याब्रियल जिससले गरेका थिए भने ४८ औं मिनटमा डेभिड सिल्भाले गरे ।

थप एक गोल भने हडर्सफिल्डकै टेरेन्स कोंगोलोले अन्तिमतिर ८५ औं मिनटमा आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

उता पराजित हडर्सफिल्डका लागि एक मात्र सान्त्वना गोल पहिलो हाफको ४३ औं मिनटमा जोन स्टानकोभिकले गरेका थिए । यो जितसँगै दुई खेलबाट समान ६ अंक जोडे तापनि सिटीले चेल्सीलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ ।

म्यान्चेस्टर युनाइटेन ब्राइटनसँग पराजित भएको छ ।
घरेलु दर्शकमाझ ब्राइटनले उत्कृष्ट खेलको नमूना प्रस्तुत गरेको थियो । ब्राइटनको शानदार प्रदर्शनसामू युनाइटेड ३(२ गोलले निराश बन्यो ।

ब्राइटनले स्टार खेलाडीले भरिएको युनाइटेडबिरुद्ध पहिलो हाफमै तीन गोल गरेको थियो । २७औं मिनेटमा ग्लेन मुर्रेले घरेलु दर्शकलाई खुसी तुल्याउँदै गोल गरेको दुई मिनेटपछि नै सेन डफ्फीले अर्को गोल थपे ।

३४औं मिनेटमा रोमेलु लुकाकुले गोल गरी गोल अन्तर २(१ मा झारे । यद्यपी ४४औं मिनेटमा ब्राइटनले पेनाल्टी पायो । जसलाई पास्कल ग्रसले सहजै गोलमा परिणत गरे ।

पहिलो हाफमा ३(१ को अग्रता बनाएको ब्राइनले दोस्रो हाफको अन्त्यसम्म युनाइटेडलाई गोल गर्ने अवसर दिएन । तर, अन्तिम मिनेटमा युनाइटेडले पाएको पेनाल्टी अवसरमा पाउल पोग्वाले गोल गरी गोलअन्तर छोट्याए पनि हार टार्न सकेनन् ।