म्यान्चेस्टर सिटीलाई हराउदै वुल्भसले जित्यो प्रेमिएर लिग एसिया ट्रफीको उपाधी

चाइनाको साङगाइमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई वुल्भसले हराएको हो ।

दुबै टोलि म्यान्चेस्टर सिटी र वुल्भसले गोल रहित बराबरी खेले पछि खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टी सुटआउटमा सिटीलाई हराउदै वुल्भसले प्रेमिएर लिग एसिया ट्रफीको उपाधी जितेको हो ।

पेनाल्टी सुटआउटमा म्यान्चेस्टर सिटीका डेभिड सिल्भा र गुन्डोगानले मिस गरे पछि वुल्भसले ३-२ ले जितेको हो ।