म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट दुई बर्षका लागि प्रतिबन्धमा परेको छ ।
युइएफएले सिटीलाई फाइनान्सियल फेयर प्लेको नियम तोडेको भन्दै दुई बर्षको प्रतिबन्ध लगाउदै ३३ मिलियन डलर जरिवाना समेत लगाएको छ ।
युइएफएले गरेको अनुसन्धानमा सिटीले २०१२ देखि २०१६ सम्म स्पोन्सरबाट आएको आम्दानी बढी देखाएको पाइएको जनाइएको छ ।
Man City are facing a possible Premier League points deduction and could even be forced to play in League Two in the wake of their Champions League ban 😳
Here's what the papers are saying 🗞👉 https://t.co/2wFkUed07H pic.twitter.com/AqVeijpgPC
— BBC Sport (@BBCSport) February 14, 2020
सिटीले स्पोन्सरबाट आएको आम्दानि बढी देखाएको बारे जर्मनी म्यागजिन डेर स्पेइगेलले २०१८ मा सार्वजनिक गरेपछि युइएफएले अनुसन्धान थालेको थियो ।
युइएफएले आफ्नो वक्तब्यमा भनेको छ – ‘छानबिन समितिले सबै प्रमाण जुटाउदा सिटीलाई दोषी पाइएको छ । सिटीले युइएफएमा समेत गलत सूचना दिएको पाइएको छ ।’
सिटीलाई २०२०/२१ र २०२१/२२ सिजनका लागि प्रतिबन्ध लगाएको छ भने ३३ मिलियन डलर जरिवाना लगाएको छ ।
सिटीले भने कुनै गलत काम नगरेको भन्दै युइएफ़एले अनुसन्धान नगर्दै सिटीलाई प्रतिबन्ध लगाउने निर्णय भएको आरोप लगाएको छ ।