म्यान्चेस्टर सिटीमाथी म्यान्चेस्टर युनाइटेडको उत्कृष्ट जित

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार भएको म्यान्चेस्टर डर्बीमा युनाइटेडले जित हात पारेको छ ।

खेलमा मार्कोस रास्फोर्डले २३ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई १-० को अग्रता दिलायो ।

२९ औ मिनेटमा मार्सियालले युनाइटेडका लागि अर्को गोल गर्दै २-० को अग्रता बनायो ।

८५ औं मिनेटमा सिटीका ओटामेन्डीले हेडर मार्फत गोल गर्दै खेल २-१ मा ल्यायो तर खेलमा अरु कुनै गोल नभएपछि युनाइटेड जित्यो ।

जितसंगै म्यान्चेस्टर युनाइटेड लिगको पाचौं स्थानमा रहेको छ भने म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहेको छ ।