म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित

इंग्लिस प्रेमिएर लिग अन्तर्गत बुधबार राती भएको खेल आर्सनललाई हराउदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा आर्सनललाई ३-१ ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन, ज्याक ग्रेलिस र अर्लिङ हालाण्डले एक एक गोल गरे ।

आर्सनलका लागि साकाले एक गोल फर्काए ।

खेलको २४औं मिनेटमा ब्रुएनको गोलबाट सिटीले सुरुआती अग्रता बनाएको थियो ।

४२औं मिनेटमा साकाले पेनाल्टीबाट गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ७२ औं मिनेटमा ग्रेलिसले गोल गर्दै सिटीको अग्रता २-१ को बन्यो ।

त्यसपछि खेलको ८२ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले २३ खेलमा ५१ अंक जोडेको छ ।

दोस्रो स्थानमा झरेको आर्सनलको पनि ५१ अंक रहेको छ ।

आर्सनलले एक खेल कम खेलेको छ ।