म्यान्चेस्टर सिटीको १० खेलाडीमा सिमित वुल्भ्सबिरुद्ध कठिन जित

इङलिस प्रेमिएर लिगमा लिग लिडर्स म्यान्चेस्टर सिटीले कठिन जित हात पारेको छ ।

सिटीको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सिमित रहेको वुल्भ्सबिरुद्ध १-० को जित निकालेको हो ।

पहिलो हाफको अतिरिक्त समयमा वुल्भ्सका स्ट्राइकर राउल जेमिनेजले दोहोरो पहेँलो कार्ड खादै मैदान छाड्नु परेको थियो ।

त्यसपछि खेलको ६६ औं मिनेटमा रहिम स्टर्लिङले पेनाल्टी मार्फत गोल गर्दै म्यान सिटीलाई १-० को जित दिलाउन सफल भयो ।

स्टर्लिङले गरेको उक्त गोल उनको लिगमा १०० औं गोल हो ।

जितसंगै सिटी लिगको शीर्ष स्थानमा रहेको छ भने वुल्भ्स आठौं स्थानमा रहेको छ ।