म्यान्चेस्टर सिटीको सान्दार जित, गर्यो हाफ दर्जन गोल

म्यान्चेस्टर सिटीले मैत्रीपूर्ण खेलमा कित्चेलाई भारी अन्तरले हराएको छ ।

हङकङमा भएको खेलमा म्यान्चेस्टर सिटीबाट पहिलो गोल डेभिड सिल्भाले १३ औं मिनेटमा गरे भने ४० औं मिनेटमा सानेले गोल गरे र त्यसको ३ मिनेट पछि स्टर्लिङले गोल गर्दै अग्रता तेब्बर बनाए ।

त्यसै गरि दोस्रो हाफको ५५ औं मिनेटमा सानेले अर्को गोल गर्दै सिटीले ४-० को अग्रता लिन सफल भयो । ८० औं मिनेटमा सिटीका तौआइजिले गोल गरे भने ८५ मिनेटमा चुन लले गोल गर्दै कित्चेलाई सान्त्वना गोल गरे । खेलको ८९ मिनेटमा पोजोले म्यान्चेस्टर सिटीको लागि गोल गरे र सिटीले ६-१ को सान्दार जित हात पारे ।