म्यान्चेस्टर सिटीको वेस्ट ह्याम माथी सान्दार जित

प्रेमिएर लिग अन्तर्गत आज सनिवार भएको पहिलो खेलमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम माथी उत्कृष्ट जित निकालेको छ ।

गत सिजनको च्याम्पियन म्यान्चेस्टर सिटीले ५-० को सहज जित हात पारेको हो ।

सिटीका लागि पहिलो गोल जेजसले २५ औं मिनेटमा वाल्करको पासमा गरेको थियो ।

त्यसपछि दोस्रो हाफको ५१ औं मिनेटमा दे ब्र्युनाको पासमा स्टर्लिङले गोल गर्दै सिटीले अग्रता दोब्बर बनायो । त्यसपछि सिटीका लागि जेससले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले उक्त गोल अफसाइड भएका कारण मान्यता दिएन ।

७५ औं मिनेटमा फेरि स्टर्लिङले गोल गर्दै ३-० को अग्रता बनायो । ८६ औ मिनेटमा अगुएरोले पेनाल्टीमा गोल गरे । ९० औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै ह्याटि्रक गरे र सिटीलाई ५-० को फराकिलो जित दिलायो ।