म्यान्चेस्टर सिटीको लिभरपुल माथी जित; लिभरपुलको अपराजित यात्रामा पूर्णविराम

इंग्लिश प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा शीर्ष स्थानमा रहेको लिभरपुललाई हराउँदै सिटीले जित निकालेको हो ।

घरेलु मैदान इत्तेहाद रंगसालामा भएको खेलमा पाहुना टोली लिभरपुललाई २–१ गाेल अन्तरले हराउँदै सिटीले अंक दूरी घटाएको छ । पहिलो हाफको ४० औं मिनेटमा सर्जियो अगुइरोको गोल मार्फत सिटीले अग्रता कायम गरेको थियो । दोस्रो हाफको ६४ औं मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिन्हो ले गोल गर्दै खेललाई १–१ को बराबरमिा ल्याएका थिए ।

त्यस लगतै सिटीका लोरियो सानेले ७१ औं मिनेटमा गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पुराएका थिए । निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा त्यस पछि गोल हुन नसक्दा सिटीको लागि सानेको गोल नै विजयी गोल बनेको थियो ।

यो जितसंगै सिटी २१ खेलबाट ५० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ भने लिभरपुलसंगको अंक दूरी ४ मा झारेको छ । लिभरपुलको २१ खेलबाट ५४ अंक रहेको छ । २० औ खेलसम्म अपराजित रहेको लिभरपुल सिटीसंग पराजित भएको छ ।