म्यान्चेस्टर सिटीको फराकिलो जित

म्यान्चेस्टर सिटीले एफए कपमा फुल्ह्यामबिरुद्ध फराकिलो जित निकालेको छ ।

खेलमा फुल्ह्यामका खेलाडी रिमले छैटौं मिनेटमा रातो कार्ड खादै मैदान छाड्नु परेको थियो ।

१० खेलाडीमा सिमित फुल्ह्यामले खेलको ८ औं मिनेटमा म्यान सिटीका गुन्डोगानले हानेको पेनाल्टीमा गोल खादै खेलमा पछि पर्यो ।

खेलको १९ औं मिनेटमा सिटीका बर्नार्डो सिल्भाको गोलमा अग्रता दोब्बर बनाए ।

७२ औं मिनेटमा जेजसको गोलमा सिटीले ३-० को अग्रता बनायो ।

७५ औं मिनेटमा फेरि जेजसले अर्को गोल गर्दै म्यान्चेस्टर सिटीलाई ४-० को जित दिलाए ।

जितसंगै म्यान्चेस्टर सिटी एफए कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।