म्यान्चेस्टर सिटीको चेल्सीमाथी जित, शीर्ष स्थानमा फराकिलो अग्रता

इङलिस प्रेमिएर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले चेल्सीमाथी जित निकालेको छ ।

इटिहाड स्टेडियममा भएको खेलमा सिटीले चेल्सी माथी १-० को जित निकालेको हो ।

खेलमा सिटीका डे ब्र्युनाले ७० औं मिनेटमा गोल गर्दौ जित दिलाएका हुन् ।

जितसंगै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा १३ अंकको अग्रता बनाउन सफल भएको छ भने चेल्सी दोस्रो स्थानमा रहेको छ ।