म्यान्चेस्टर सिटीको उत्कृष्ट जितमा म्हारेजको दुई गोल

इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले कार्डिफ सिटीलाई ५ – ० ले हराएको हो ।

सिटीले कार्डिफमाथि उसैको मैदानमा फराकिलो जित निकालेको हो । सिटीको जितमा रियाद महरेजले दुई गोल गरे । यस्तै सर्जियो अग्युरो, बर्नार्डो सिल्भा र गोन्डूगानले एक एक गोल गरे ।