म्यान्चेस्टर सिटीका स्ट्राइकर भित्र्याउन बार्सिलोना र सिटी बिच £५५ मिनियनको सहमति

इङलिस क्लब म्यान्चेस्टर सिटीका स्पेनिस स्ट्राइकर फेरान टोरेसले स्पेनिस क्लब बार्सिलोनासंग पाँच वर्षको सम्झौता गरेको बुझिएको छ ।

२१ वर्षिय स्पेनिस खेलाडीका लागि बार्सिलोना र म्यान्चेस्टर सिटी बिच ५५ मिनियन पाउन्डमा सहमति भएको हो ।

उनले बार्सिलोनासंग सम्झौता गर्न आफ्नो तलब कटौती समेत गरेको बुझिएको छ ।

चर्चित पत्रकार फ्याब्रीजियो रोमानोका अनुसार टोरेस बिहिबार बार्सिलोनामा मेडिकलका लागि जाने छन् ।

टोरेस २०२० मा भ्यालेन्सियाबाट सिटी आएका हुन् । उनले यस सिजन सिटीका लागि मात्र ४ लिग खेल खेल्दा २ गोल गरिसकेका छन् भने उनले राष्ट्रिय टोलिबाट २२ खेलमा १२ गोल समेत गरेका छन् ।