म्यान्चेस्टर सिटीका स्टार खेलाडी रियल जान सक्ने

Manchester City's Raheem Sterling celebrates scoring his sides third goal of the game

म्यान्चेस्टर सिटीका खेलाडी रहिम स्टर्लिङ सिटी छाडेर रियल म्याड्रीड जान सक्ने संभावना देखिएको छ। रिपोर्टका अनुसार रियल म्याड्रीडले स्टर्लिङलाई लगभग ९० मिलियन युरो तिरेर भित्र्याउन खोजेको हो।

स्टर्लिङलाई भित्र्याउने दौडमा रियल म्याड्रीडको साथसाथै अर्को स्प्यानिस क्लब अत्लेटिको म्याड्रीड पनि रहेको छ। स्टर्लिङको दुवै क्लबमा जान सक्ने संभावना उतिकै छ।

रिपोर्टका अनुसार म्यान्चेस्टर सिटी भने स्टर्लिङले क्लब छाडेको खण्डमा उनको स्थानमा अर्का ईंग्लिश खेलाडी ज्याक ग्रिलिश भित्र्याउन खोज्ने सोचमा छ। सन् २०१५ मा उनी ४९ मिलियन पाउन्डमा लिभरपुलबाट म्यान्चेस्टर सिटीका लागी अनुबन्धित भएका थिए।

२६ वर्षका स्टर्लिङले सिटीका लागि २८८ खेलमा ११३ गोल गरि सकेका छन्। आफ्नो गतिका लागि चिनिएका स्टर्लिङ विङगर भएता पनि अट्याकिङ मिड्फिल्डर र स्ट्राइकरका रूपमा पनि खेल्ने गरेका छन्।