म्यान्चेस्टर सिटीका डिफेन्डर आर्सनलमा

आर्सनलले युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्को अनुबन्ध गर्ने पक्का भएको छ ।

लन्डन क्लब आर्सनलले म्यानचेस्टर सिटीबाट डिफेन्डर जिनचेन्कोलाई अनुबन्ध गर्न लागेको हो ।

डिफेन्डर जिनचेन्को भित्र्याउनका लागि आर्सनल र सिटीबीच ३० मिलियन पाउण्डको सहमति बनेको छ ।

२५ वर्षीय डिफेन्डर २०१६ मा म्यान्चेस्टर सिटी आएका थिए ।

उनले सिटीका लागि १ सय २८ खेल खेलेका छन् ।

उनले सिटीमा लागि प्रिमियर लिग, लिग कप र एफए कप जित्न सफल भएका छन् ।