म्यान्चेस्टर सिटीका खेलाडी पनि साउदी तर्फ

म्यानचेस्टर सिटीका अल्जेरियन विङ्गर रियाद महरेजलाई साउदी क्लब अल अहलीमा अनुबन्धित हुने लगभग पक्का भएको छ ।

प्रिमियर लिग क्लब सिटीले महरेजलाई ३० मिलियन पाउण्डमा साउदी क्लबमा पठाउन सहमत भएको हो ।

३२ वर्षिय विङ्गरलाई जापान र साउथ कोरिया भ्रमणमा लैजान सिटीले अनुमती दिएको थिएन ।

अनुमान गरे अनुसारको मुल्य पाएपछि सिटीले महरेजलाई साउदी क्लब पठाउने निर्णय गरेको हो । महरेजको सिटीसँगको सम्झौता दुई वर्षको बाँकी छ ।

सिटीले ६० मिलियन पाउण्ड तिरेर महरेजलाई सन् २०१८ मा किनेको थियो । जसले गत सिजन ४७ खेलमा १५ गोल गरेका थिए । र सिटीलाई ट्रेबल उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । उनी एफ ए कप र च्याम्पियन्स लिगको फाइनलमा पुरा समय खेलेका थिए ।