म्यान्चेस्टर सिटि ऐतिहासिक ट्रान्सफर नजिक

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर सिटि ब्रिटिश फुटबल इतिहासकै सर्वाधिक महँगो ट्रान्सफर सम्पन्न गर्न नजिक देखिएका छन्। रिपोर्टका अनुसार एस्टन भिलाका इङ्लिस स्टार खेलाडी ज्याक ग्रिलिश सिटिमा अनुबन्ध हुने सम्भावना बलियो छ।

रिपोर्टका अनुसार उनी करिब १०० मिलियन पाउन्डमा ५ वर्षका लागि सिटिमा अनुबन्ध हुने सम्भावना बलियो देखिएको हो। उक्त सम्झौता भएको खण्डमा यो ब्रिटिश फुटबल इतिहासकै सर्वाधिक महँगो ट्रान्सफर हुनेछ। ग्रिलिशका साथसाथै म्यान्चेस्टर सिटि अर्का इङलिस खेलाडी ह्यारी केन भित्र्याउन पनि इच्छुक रहेको भनिएको छ।
२५ वर्षका इङ्लिस खेलाडी ग्रिलिस एस्टन भिलाको एकेडेमीका उत्पादन हुन्। उनले एस्टन भिलाका लागि २१३ खेल खेली सकेका छन् जस्मा उनले ३२ गोल पनि गरेका छन्। इङ्लिस राष्ट्रिय टोलीका लागि भने उनले १२ खेल खेलेका छन्।