म्यान्चेस्टर सिटिले भित्र्यायो युवा खेलाडी

एजेन्सी, म्यान्चेस्टर सिटिले ब्राजिलिन क्लब फ्लुमिनेन्सका युवा खेलाडी मेटिन्यो भित्र्याउने भएका छन्। रिपोर्टका अनुसार १८ वर्षका युवा खेलाडी मेटिन्यो ५ वर्षका लागि सिटिमा अनुबन्धित हुने भएका छन्। उनी गत अप्रिलमा मात्र १८ वर्षका भएका हुन्।

रिपोर्टका अनुसार उनले २०२२ देखि केही समय सिटि फूटबल समुहकै अर्को क्लब ट्रोएसमा लोनमा बिताउने छन्। ट्रोएस हाल फ्रान्सको दोश्रो डिभिजनको क्लब हो। रिपोर्टका अनुसार सिटिले करिब ५ मिलियन युरो तिरी  मेटिन्योलाई अनुबन्ध गरेको हो। मेटिन्योले फ्लुमिनेन्सका लागि एक खेल मात्र खेलेका छन्।
१८ वर्षका मिड्फिल्डर मेटिन्यो कङगोमा जन्मेता पनि एक वर्षको उमेरमा नै ब्राजिल आएका थिए। २०१९ मा मेटिन्यो ब्राजिलियन नागरिक भएका हुन्। उनी कङगोमा जन्मेको हुनाले उनी कङगोलाई प्रतिनिधित्व गर्न पनि योग्य रहेका छन्।