म्यान्चेस्टर सिटिको स्टार फर्वार्ड माथी बार्सिलोनाको नजर

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर सिटीका फर्वार्ड रहिम स्टर्लिङ सिटी छाडेर बार्सिलोना जान सक्ने संभावना देखिएको छ। रिपोर्टका अनुसार बार्सिलोनाले यो ट्रान्सफर सिजन आफ्नो फर्वार्ड ओउस्माने डेम्बेले गुमाउन सक्ने संभावना रहेको हुँदा क्लबको नजर स्टर्लिङ माथी परेको हो।

स्टर्लिङलाई भित्र्याउने दौडमा बार्सिलोनाको साथसाथै बार्सिलोनाको प्रत्यक्ष प्रतिद्वन्द्वी रियल मड्रीड पनि रहेको बताइएको छ। रिपोर्टका अनुसार म्यान्चेस्टर सिटी भने स्टर्लिङले क्लब छाडेको खण्डमा उनको स्थानमा अर्का ईंग्लिश खेलाडी ज्याक ग्रिलिश ल्याउने सोचमा छ। सन् २०१५ मा उनी ४९ मिलियन पाउन्डमा लिभरपुलबाट म्यान्चेस्टर सिटीका लागी अनुबन्धित भएका थिए।
२६ वर्षका स्टर्लिङले सिटीका लागि २९२ खेलमा ११४ गोल गरि सकेका छन्। आफ्नो गतिका लागि चिनिएका स्टर्लिङ विङगर भएता पनि अट्याकिङ मिड्फिल्डर र स्ट्राइकरका रूपमा पनि खेल्छन्।