म्यान्चेस्टर सिटिको नजर सर्जियो रामोस माथी

एजेन्सी, रियल मड्रिडका स्टार डिफेन्डर सर्जियो रामोस फ्री ट्रान्सफरमा इङलिस क्लब म्यान्चेस्टर सिटि जान सक्ने संभावना देखिएको छ। रिपोर्टका अनुसार रामोसले रियल मड्रिडसँग नयाँ सम्झौतामा हस्ताक्षर नगरे सिटिले रामोशलाई दुई वर्षका लागी अनुबन्धित गर्न प्रस्ताव गर्नेछ।

 

उनले २०२१ मा रियल म्याड्रिडका लागि ७ खेल मात्र खेलेका छन्। उनी घाइत भएर यो सिजन रियल म्याड्रिडका लागि धेरै खेल खेल्न नसकेका हुन्। रामोसलाई भित्र्याउने डौडमा सिटिका साथसाथै पि.एस.जि पनि रहेको बताइएको छ। रिपोर्टका अनुसार रामोस रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो परेजसँग आफ्नो भविष्यका बारेमा छ्लफल गर्न यहि हप्ता भेट्दै छन्।
३५ वर्षका स्पेनिश डिफेन्डर रामोस २००५ मा रियल मड्रिडमा अर्को स्पेनिश क्लब सेभियाबाट अनुबन्धित भएका थिए। उनले रियल मड्रिडका लागि ६७१ खेल खेली सकेका छन् जस्मा उनले १०१ गोल गर्न पनि सफल भई सकेका छन्।