म्यान्चेस्टर सिटिको केन भित्र्याउने प्रयास जारी

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर सिटिको अर्को इङलिस क्लब टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केन भित्र्याउने प्रयास जारी रहेको देखिन्छ। रिपोर्टका अनुसार यस ट्रान्सफर सिजन केन भित्र्याउनका निम्ति म्यान्चेस्टर सिटि अन्तिम पटकका लागि प्रस्ताव गर्ने तयारीमा छन्।

रिपोर्टका अनुसार केन टोटनह्याम छाड्न इच्छुक रहेता पनि क्लब भने उनलाई बेच्न इच्छुक छैनन् । यस ट्रान्सफर सिजनको सुरुवातमा म्यान्चेस्टर सिटिले उनका लागि गरेको १०० मिलियन पाउन्डको प्रस्ताव टोटनह्यामले अस्विकार गरेको भनिएको थियो। रिपोर्टका अनुसार क्लबका अध्यक्ष ड्यानियल लेवि उनलाई टोटनह्याममा नै राख्न चाहन्छन्।
२८ वर्षका इङलिस स्ट्राइकर ह्यारी केन २०२४ सम्मका लागि टोटेन्ह्याममा अनुबन्धित छन्। उनले टोटेन्ह्यामका लागि ३३७ खेलमा २२१ गोल गरि सकेका छन्।