म्यान्चेस्टर सिटिको अगाडि सोउथह्याम्प्टन निरिह

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फेरि १४ अंकको अग्रता लिन सफल भएको छ ।

वुधबार राति भएको खेलमा साउथह्याम्पटनमाथि ५–२ गोल अन्तरको जीत दर्ता गरेको सिटीले तालिकामो ६८ अंक बनाएको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५४ अंक रहेको छ।

बुधबार रातिको खेलमा साउथह्याम्पटनलाई फराकिलो अन्तरले पराजित गर्ने क्रममा सिटीका केभिन डी ब्रुइना र रियाद मेहरेजले समान दुई दुई गोल गर्दा गुन्डोगनले एक गोल थपेका थिए ।

साउथह्याम्पटनका लागि जेम्स बार्ड प्रोज र चे एडम्सले एक एक गोल फर्काए । घरेलु मैदानमा सिटीलाई अग्रता दिलाउन ब्रुइनाले १५ औं मिनेटमा गोल गरेका थिए । २५ औं मिनेटमा साउथह्यापटनका पोजले पेनाल्टी मार्फत गोल गरेपछि खेल एक एक गोलको बराबरीमा आएको थियो । ४० औं मिनेटमा मेहरेजले गोल गरेपछि सिटीले २–१ले अघि बढेको थियो ।

गुन्डोगनले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेपछि सिटीले पहिलो हाफमै ३–१ को अग्रता लिन सफल भएको थियो । मेहरेजले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरेका थिए ।

५६ औं मिनेटमा साउथह्यामपटनका एडम्सले गोल गर्दै अग्रता ४–२ मा झारेका थिए । तर, ५९ औं मिनेटमा गुन्डोगनले गोल थपेपछि सिटी ५–२ गोल अन्तरले विजयी भयो ।