म्यान्चेस्टर सिटिका डिफेन्डर माथी युनाइटेडको नजर

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर सिटिका डिफेन्डर नेथन आके माथी अर्का इङलिस क्लब म्यान्चेस्टर युनाइटेडको नजर रहेको छ। रिपोर्टका अनुसार म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सर क्लबमा एक उत्कृष्ट सेन्टर ब्याक भित्र्याउन चाहन्छन् र उनको नजर आके माथी परेको हो।

२६ वर्षका डच डिफेन्डर आके गत वर्ष नै अर्का इङलिस क्लब बोर्न्मुथबाट सिटिमा करिब ४० मिलियन पाउन्डमा अनुबन्ध भएका थिए। उनले सिटिको जर्सीमा आफ्नो पहिलो सिजनमा नै प्रेमियर लिग जितेता पनि पर्याप्त खेल समय भने पाउन सकेका छैनन्। प्रेमियर लिगमा उनले सिटिका लागि १० खेल मात्र खेलेका छन्।
यो ट्रान्सफर सिजन युनाइटेड एक डिफेन्डर भित्र्याउन इच्छुक रहेकाले युनाइटेडको नजर आकेका साथसाथै रियल मड्रिडका डिफेन्डर राफायल भरान माथी पनि रहेको बताइएको छ। आके गत वर्ष नै सिटिमा अनुबन्ध भएकाले र युनाइटेड सिटिको प्रत्यक्ष प्रतिस्पर्धी रहेकाले आके युनाइटेडमा आउने सम्भावना भने न्यून देखिन्छ।