म्यान्चेस्टर युनाईटेडको पुर्व मिडफिल्डरद्वारा सन्यासको घोषणा

एजेन्सी, म्यान्चेस्टर युनाईटेडका पुर्व खेलाडी एन्टोनियो भ्यालेन्शियाले खेल करिअरबाट सन्यास लिने घोषणा गरेको छ। आफ्नो २० बर्षको खेल जिबानबाट उनी सन्यास लिएको हो।

इक्वेडोरियनले युनाईटेडमा १० बर्ष बिताए। उनी २००९ मा रोनाल्डोको स्थानमा भित्रिएका थिए। रोनाल्डो रियल गएसंगै लगभग £२० मिलियनमा युनाईटेडमा अनुबन्धित भएका थिए।

रोनाल्डोको स्थान लिन सहज नभए पनि उन्ले उक्त स्थानमा आफ्नो पक्ड जमाए। क्लबमा दशक बिताउदा ३३९ खेलमा ६२ गोल गरे।

युनाईटेडमा अन्तत उन्लाइ राइट ब्याकको भुमिका दिइयो। २०१८ मा क्यारिकले सन्यास लिए पछि भ्यालेन्शियाले कप्तानको जिम्मा लिए।

युनाईटेडमा उन्ले दुइटा प्रिमियर लिग, एफए कप, दुइटा काराबाओ कप, युरोपा लिगको उपाधी उचाल्न सफल भएका थिए।