म्यान्चेस्टर युनाइटेड ६५ मिलियन मूल्य रहेको स्टार डिफेन्डर साइन गर्न इच्छुक

प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड हाल नयाँ सेन्टर ब्याक साइन गर्न इच्छुक रहेको खबर छ। युनाइटेड आफ्नो डिफेन्स पुनर्निर्माण गर्ने योजनामा रहेको छ भिक्टर लिन्डेलोफ र एरिक बेलीको विकल्पको खोजीमा युनाइटेड रहेको जानकारी छ।

खबर अनुसार युनाइटेडको निगरानी नजर हाल भिल्लारियलका स्टार डिफेन्डर पाउ टोरेसमा रहेको छ। स्पेनिस सेन्टर-ब्याकको खेल ला लिगामा निकै राम्रो रहेको छ भने क्लबमा उनको र ह्यारी मेग्वाइरको राम्रो साझेदारी हुन सक्ने युनाइटेडको विश्वास छ।

उनको लागि भिल्लारियलले €६५ मिलियन मग्न सक्ने सक्ने कुरा छ र उनलाई साइन गर्ने युनाइटेडले कडा प्रतिस्पर्धाको सामना गर्न पर्ने हुन सक्ने छ- खबर अनुसार स्पेनिस स्टार डिफेन्डरमा ला लिगा क्लब रियल म्याड्रिडको पनि नजर रहेको छ।

२४ वर्षका डिफेन्डरको प्रदर्शन राम्रो रहेको छ भने उनले क्लबको डिफेन्स समस्या समाधान गर्न सक्ने युनाइटेडको विश्वास रहेको छ।