म्यान्चेस्टर युनाइटेड स्टार पोर्तुगिज स्ट्राइकर साइन गर्न इच्छुक

म्यानचेस्टर युनाइटेडले आफ्नो स्ट्राइकर समस्या समाधान गर्न खोज्दै छन् र आउँदो गर्मीको ट्रान्सफर विन्डोमा युनाइटेडको नजर फ्रान्कफर्टका स्टार पोर्तुगिज स्ट्राइकर आन्द्रे सिल्भामा रहेको खबर छ।

-

पोर्चुगलका स्टार स्ट्राइकरको यस सिजनमा सनसनीपूर्ण फम रहेको छ। जर्मन पक्षका लागि उनले २२ खेलमा १९ गोल गरेका छन् र जर्मन लिगको शीर्ष गोल स्कोररको सुचीमा उनी लेवन्डोस्कीको मात्र पछाडि छन्।

२५ वर्षका आन्द्रे सिल्भाको क्लब सँगको सम्झौता अझै २ वर्ष बाकी रहेको छ तर खबर अनुसार म्यानचेस्टर युनाइटेडका कोच ओले गुन्नार सोलस्कर उनलाई साइन गर्न इच्छुक छन् र उनले आउँदो गर्मीको विन्डोमा उनलाई साइन गर्न प्रयास गर्ने छन्।

उनको मूल्य €३० मिलियन हुने खबर छ। हाल युनाइटेड राम्रो स्ट्राइकरको खोजीमा छन् क्लबमा एन्थोनी मार्सलको राम्रो फम रहेको छैन र पोर्चुगलका स्टार उनको राम्रो विकल्प हुन सक्ने छन्।