म्यान्चेस्टर युनाइटेडका फुल ब्याक माथी रोमाको नजर

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका फुल ब्याक आलेक्स टेलेस माथी इटालियन क्लब रोमाको नजर परेको छ। रिपोर्टका अनुसार रोमाका इटालियन लेफ्ट ब्याक लियोनार्डो स्पिनाजोला घाइते भएका कारण रोमाको नजर टेलेस माथी परेको हो।

रोमाका इटालियन लेफ्ट ब्याक लियोनार्डो स्पिनाजोला युरो २०२० अन्तर्गत आफ्नो राष्ट्रिय टोलिका लागि खेल्ने क्रममा घाइते हुन पुगेका थिए। टेलेस गत वर्ष करिब १५.४ मिलियन पाउन्डमा पोर्चुगिज क्लब पोर्टोबाट म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए। रिपोर्टका अनुसार युनाइटेड भने उनलाई बेच्न इच्छुक छैनन् र उनलाई लोनमा मात्र अर्को क्लबमा पठाउन चाहन्छन्।
म्यान्चेस्टर युनाइटेडका अर्का लेफ्ट ब्याक ल्युक श ले क्लबका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका कारणले उनले युनाइटेडमा पर्याप्त खेल समय भने पाउन सकेका छैनन्। उनले युनाइटेडका लागि २४ खेल खेलेका छन्।