म्यान्चेस्टर युनाइटेड र सिटीलाई बायर्न म्युनिखको चेतावनी

बायर्न म्युनिखका अध्यक्ष हर्बर्ट हेनरले बोरुसिया डोर्ट्मुण्डका स्टार स्ट्राइकर एर्लिङ हलायन्डलाई साइन गर्ने प्रतिस्पर्धामा बायर्नको खर्च गर्ने शक्ति र क्षमता बारे बोल्दै अन्य क्लबहरूलाई चेतावनी दिएका छन्।

बोरुसिया डोर्ट्मुण्डले आउँदो गर्मीको ट्रान्सफर विन्डोमा हलायन्डलाई बेच्न सक्ने खबर हुँदा, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र लिभरपुल मध्ये एक उनको गन्तव्य हुन सक्ने धेरै चर्चा रहेको छ।

हलायन्डलाई साइन गर्ने प्रतिस्पर्धाको बारेमा बायर्न म्युनिखका अध्यक्ष हर्बर्ट हेनरले अन्य क्लबहरूलाई लक्षित आफ्नो क्लबको क्षमताको कुरा गरे।

“हामी आर्थिक तवरमा बलियो र समृद्ध क्लब हौँ।- बायर्न म्युनिखका अध्यक्ष हर्बर्ट हेनरले भने

“यो स्पष्ट छ कि महामारीको कारणले हामीले पनि कठिन समयको सामना गरेका छौँ, तर यदि हामी एक खेलाडी चाहन्छौँ भने हामी सो खेलाडीलाई साइन गर्न सक्छौँ।

“त्यसैले यो स्पष्ट छ कि हामी प्रतिस्पर्धा गर्न सक्छौँ। हामी यो गर्न सक्छौँ।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ