म्यान्चेस्टर युनाइटेड र सिटीको सहज जित; सेमिफाइनलमा यी दुई क्लब भिड्ने

कारबाओ कपमा दुबै म्यान्चेष्टर क्लब युनाईटेड र सिटीले जित निकाल्दै सेमिफाईनलमा भिड्ने भएको छ ।

बुधबार राति भएको खेलमा युनाईटेडले कोलचेस्टर युनाईटेडलाई ३–० गोल अन्तरले हराएको हो ।

पहिलो हाफमा गोलका धेरै अवसर गुमाएका मार्कुस रासफोर्डले दोस्रो हाफमा गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

उनले ५१ औं मिनेटमा युनाईटेडलाई अग्रता दिलाएका थिए ।

५६ औं मिनेटमा रायन ज्याक्सनले आत्मघाति गोल गरेपछि युनाईटेड २–० ले अघि बढेको थियो ।

त्यसको ५ मिनेटपछि एन्थोनी मार्टियलले गोल गर्दै युनाईटेडलाई ३–० ले अघि बढाएका थिए ।

त्यस्तै, सिटीले अक्सफोर्ड युनाईटेडलाई ३–१ गोल अन्तरले हराएको हो ।

सिटीका लागि स्टर्लिङले दुई तथा क्यानसिलोले एक गोल गरे । युनाईटेडका टेलरले एक गोल फर्काए ।

खेलमा अग्रता सिटीले क्यानसिलोको गोलबाट २२ औं मिनेटमा लिएको थियो ।

टेलरले ४६ औं मिनेटमा युनाईटेडका लागि बराबरी गोल फर्काए ।

स्टर्लिङले ५० औ मिनेटमा सिटीलाई अग्रता दिलाउने काम गरे । ७० औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै उनले सिटीको जित पक्का गरे ।

जितसंगै सिटीले सेमिफाईनलमा शहरी प्रतिद्वन्दी युनाईटेडसंग खेल्नेछ । यस्तै लेस्टर सिटीले एस्टन भिल्लासंग खेल्नेछ ।