“म्यान्चेस्टर युनाइटेड र लिभरपुलबाट घृणित भएको छु”

म्यान्चेस्टर युनाइटेडका लेजेण्ड ग्यारी नेभिलले प्रिमियर लिग क्लबहरूको आलोचना गरेका छन्। प्रिमियर लिगका ६ क्लबहरू युरोपियन सुपर लिग गठनमा संलग्नता रहे पछि उनले प्रिमियर लिग क्लबहरूको आलोचना गरे।

युरोपमा १२ ठुलो टिम मिलेर नयाँ सुपर लिग सुरु गर्ने भनेर आइतबार क्लबहरूले घोषणा गरेको थियो जसबाट फ्यानहरू धेरै आक्रोशित छन् भने म्यान्चेस्टर युनाइटेडका लेजेण्ड ग्यारी नेभिलले सो कुराको चर्को आलोचना गरे।

उनले प्रिमियर लिगको उक्त ६ क्लबहरूबाट आफू घृणित भएको बताए। सो बारे बोल्दै उनले भने “म म्यानचेस्टर युनाइटेड प्रशंसक हुँ र मेरो जीवनको ४० वर्ष भइसक्यो तर म अहिले असन्तुष्ट छु, एकदम निराश।

 

“म म्यानचेस्टर युनाइटेड र लिभरपुलसँग घृणित भएको छु। लिभरपुल, उनीहरूले यस्तो ढोङ गर्छन् – ‘यु विल नेभर वाक अलोन’- तपाई कहिले पनि एक्लो हिंड्नुहुनेछैन, जनताको क्लब, फ्यानहरूको क्लब’।

“म्यानचेस्टर युनाइटेड, १०० वर्ष पुरानो क्लब, यहाँको वरिपरिका कामदारहरूबाट सुरु भएको क्लब, र तिनीहरू प्रतिस्पर्धा बिनाको लीगमा प्रवेश गरिरहेका छन् र उनीहरू रेलिगेट मुक्त लिगमा हुन चाहन्छन्?

“यो पूर्ण अपमान हो।

उनले प्रिमियर लिगलाई सो ६ क्लब विरुद्ध कारबाही गर्न पनि माग गरे भने सो सुपर लिगमा संलग्न रहेको क्लबहरूको ६ अङ्क काट्न उनले अनुरोध गरे। सुपर लिग क्लबहरुको लोभ पुरा गर्न गठन भएको उनले दाबी गरे।