म्यानचेस्टर युनाइटेड रियल सोसिआडेडका फ्रेन्च डिफेन्डर रोबिन ले नोर्मान्ड साइन गर्न इच्छुक रहेको खबर छ।
Robin Le Normand is the latest player linked with a move to United #mufc https://t.co/yLr9fOZBsc pic.twitter.com/7GvcFY0QXE
— Man United News (@ManUtdMEN) January 19, 2021
युनाइटेडले धेरै समय देखि उनलाई साइन गर्ने चासो देखाए पनि आउँदो गर्मीको विन्डोमा मात्र प्रयास गर्ने खबर छ र उनको रिलिज क्लज धेरै ठुलो रहेको कारण युनाइटेड अर्को विन्डोमा मात्र उनको लागि प्रस्ताव पठाउने कुरा छ।
२४ वर्षका फ्रेन्च डिफेन्डरको प्रदर्शन ला लिगामा यो सिजन राम्रो रहेको छ र हाल सोसिआडेड लिगको ५औ स्थानमा रहन सफल भएका छन्।
हाल उनको रिलिज क्लज €७५ मिलियन रहेको कुरा छ र सोसिआडेडले उनलाई सो भन्दा कम रकममा क्लब छोड्न नदिने खबर छ।
युनाइटेडले उनको मूल्यको कारण जनवरीमा उनलाई साइन गर्ने प्रयास नगर्ने खबर छ र आउँदो गर्मीको विन्डोमा युनाइटेडले फ्रेन्च डिफेन्डर साइन गर्न प्रयास गर्ने खबर छ।