म्यान्चेस्टर युनाइटेड मार्सियाल बेच्न अनिच्छुक

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेड यो ट्रान्सफर सिजन आफ्ना फ्रेन्च फर्वार्ड एन्टोनी मार्सियाल बेच्न अनिच्छुक देखिएका छन्। रिपोर्टका अनुसार विगत केही दिन देखि युनाइटेड मार्सियाल बेच्न इच्छुक रहेको भनिएता पनि युनाइटेड भने मार्सियाल बेच्न अनिच्छुक छन्।

युनाइटेडले हालै जर्मन क्लब बोरुसिया डोर्ट्मण्डबाट ७३ मिलियन पाउन्डमा जेडन सान्चो भित्र्याएका थिए। युनाइटेडका युवा खेलाडी मेसन ग्रिनवुडले पनि क्लबका लागि उत्कृष्ट प्रदर्शन गरिरहेकाले युनाइटेडको स्टार्टिङ ११ मा उनलाई प्रतिस्पर्धा झन् बढेको छ।
२५ वर्षका फ्रेन्च खेलाडी मार्सियाल २०१५ मा फ्रेन्च क्लब मोनाकोबाट युनाइटेडमा अनुबन्ध भएका थिए। उनले युनाइटेडका लागि २५८ खेलमा ७८ गोल गरि सकेका छन्। अर्का फर्वार्ड एडिनसन कभानी गत वर्ष युनाइटेडमा अनुबन्ध भए देखि युनाइटेडको स्टार्टिङ ११ मा उनको प्रतिस्पर्धा झन् बढेको हो।