म्यान्चेस्टर युनाइटेड भरानका लागि प्रस्ताव गर्न नजिक

एजेन्सी, स्पेनिश क्लब रियल मड्रिडका स्टार डिफेन्डर राफायल भरान भित्र्याउनका निम्ति प्रस्ताव गर्न म्यान्चेस्टर युनाइटेड नजिक रहेको बताइएको छ। रिपोर्टका अनुसार म्यान्चेस्टर युनाइटेडका साथसाथै फ्रेन्च क्लब पि.एस.जि पनि उनलाई भित्र्याउन इच्छुक छन्।

रिपोर्टका अनुसार रियल मड्रिडले भरानको मुल्य करिब ७० मिलियन युरो तोकेता पनि युनाइटेडले उनलाई करिब ५० मिलियन युरोमा भित्र्याउन सक्ने आंकलन गरिएको छ। युनाइटेडले हालै करिब ७३ मिलियन पाउन्डमा जर्मन क्लब बोरुसिया डोर्ट्मण्डबाट युवा स्टार विङ्गर जेडन सान्चो भित्र्याएका छन्। युनाइटेडको ट्रान्सफर बजेट करिब १५० मिलियन पाउन्ड रहेको भनिएको छ।
२८ वर्षका फ्रेन्च डिफेन्डर भरान २०११ मा रियल मड्रिडमा अनुबन्धित भएका थिए। उनले रियल मड्रिडका लागि ३६० खेल खेलेका छन् जस्मा उनले १७ गोल पनि गरि सकेका छन्। उनी २०२२ सम्म मात्र रियलमा अनुबन्ध छन्।