म्यान्चेस्टर युनाइटेड बिरुद्ध हास्यास्पद सेलिब्रेशन गरे पछि खेल हारेका यी टिमहरु

निल माउपेले शनिबार ब्र्याटनको लागि म्यानचेस्टर युनाइटेडको बिरुद्ध गोल गरे पछि रोएको चित्रण गर्दै ‘क्राइबेबी’ सेलिब्रेशन गर्दै युनाइटेडको मजाक उदाए।

तर पछि खेल ब्र्याटनले २-३ले हार्न पुग्यो र पक्कै पनि निल माउपेलाई उक्त सेलिब्रेशनको पछुतो हुन पुग्यो र खेल अन्त्य हुनु अगाडी अरुको मजाक उडाउनु वा खुसी मनाउनु पछि गएर आफुलाई उल्टो पर्न सक्ने छ। ।

तर म्यान्चेस्टर युनाइटेड बिरुद्ध गोल गरे पछि युनाइटेडको मजाक उडाउने वा हास्यास्पद सेलिब्रेशन गर्दै पछि खेल हार्न ब्र्याटन पहिलो टिम होइन।

यी टिमका खेलाडी वा कोचले पनि म्यान्चेस्टर युनाइटेड बिरुद्ध गोल गरे पछि मजाक उडाउने वा हास्यास्पद सेलिब्रेशन गरे र पछि खेल हार्ने पुगे।

एलन पारडिउ

२०१६मा म्यान्चेस्टर युनाइटेड बिरुद्ध जेसन पुन्चेओनले गोल गरे पछि पूर्व क्रिस्टल प्यालेस प्रबन्धक पारडिउले हास्यास्पद सेलिब्रेशन गरेका थिए तर ३ मिनेट पछि युनाइटेडले गोल गर्यो र खेल पनि जित्यो।

डि मारिया

डि मारियाले आफ्नो पुर्व क्लब युनाइटेड बिरुद्ध च्याम्पियन्स लिगमा गोल गरे पछि दर्शकलाई लक्षित गर्दै सेलिब्रेशन गरे सो खेल पिएसजीले २-०ले जित्यो तर दोस्रो लेगमा युनाइटेडले पिएसजीलाई नकआउट गरेको थियो।

डेली एली

२०१८ एफए कप सेमीफाइनलमा युनाइटेड बिरुद्ध ११ औं मिनेटमा डेली एलीले गोल गर्दै स्पर्सलाई अग्रता दिलाए र गोल गरे पछि उनले ‘फ्लोस’ डान्स गर्दै सेलिब्रेशन गरे र १३ मिनेट पछि युनाइटेडले गोल गर्यो र अन्त्यमा युनाइटेडले खेल जित्यो।