म्यान्चेस्टर युनाइटेड फ्यानहरुले आफ्नै क्लब प्रमुख वुडवर्डको घरमा आक्रमण गरे

म्यानचेस्टर युनाइटेडका प्रमुख एड वुडवर्ड क्रोधित समर्थकहरूको प्रदर्शनको सिकार भएका छन्।

सन केहि तस्विरहरु सार्वजनिक गर्यो, जस्मा करीव २० वटा समर्थकहरु भएको एउटा गिरोहले क्लब प्रमुख वुडवर्डको २ मिलियन मूल्य रहेको घरमा आक्रमण गरे उक्त गिरोहले, कुख्यात “मेन इन ब्लैक” हुन सक्ने खबर छ जो म्यान्चेस्टर युनाइटेडको हिंसात्मक फ्यान समूह हो।

वुडवर्ड, उनकी श्रीमती र बच्चाहरू घटनाको क्रममा घरमा नरहेको भन्ने खबर छ।

खबर छ कि गिरोहले वुडवर्डका घरमा रातो रंग स्प्रे गरे र घरमा लक्षित गर्दै धुवाँ बम प्रहार गरे, र उक्त समर्थकहरुले पटाखाहरु पनि पड्काएको खबर छ।

म्यान्चेस्टर युनाइटेडको हालको खराब प्रदर्शनले उक्त समर्थकहरू क्रोधित भएको खबर छ र क्लब प्रमुख वुडवर्डलाई क्लब छोड्न समर्थकहरूले माग गरेको छ।